१९ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ । रातो मत्स्येन्द्रनाथको रथयात्रालाई लिएर पुल्चोक क्षेत्रमा दिनभर तनाव भएपछि प्रशासनले भोलि विहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले जानकारी दिए । चक्रपथभन्दा भित्र मात्रै कर्फ्यूको निर्णय भएकाले बाहिर यसअघिकै आदेश अनुसार निशेधाज्ञा कायम रहने पनि प्रशासनले जनाएको छ।
प्रशासनको अनुमति बिनै मच्छिन्द्रनाथको रथ तान्ने क्रममा बिहीबार स्थानीय र प्रहरीबिच झडप भएको थियो। झडपका क्रममा केही स्थानीय र ४ जना प्रहरी घाइते भएका छन्। यस्तै नेवार समुदायका विभिन्न संघ संस्थाले पनि अर्को निर्णय नभएसम्म रथ यात्रा नगर्ने निर्णय गरिसकेका छन्।
<img src=”https://s3kentertainment.com/wp-content/uploads/2020/09/received_771025803736456-214×300.jpeg” alt=”” width=”214″ height=”300″ class=”alignnone size-medium wp-image-4169″ />
