पेट्रोलको मूल्य फेरी बढ्यो

  • प्रकाशित मिति: मंगलबार, भाद्र १६ २०७७
  • तामाकोशी

काठमाडौं, भदौ १६ गते । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ।
निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिलटर दुई रुपैयाँ बढाएको हो।
यो सँगै पेट्रोलको नयाँ मूल्य १०७ रुपैयाँ पुगेको छ। इण्डियन आयल कर्पोरेशनबाट १ सेप्टेम्बर २०२० मा प्राप्त खरिद मूल्य अनुसार पेट्रोलको मूल्य बढाइएको निगमले जानकारी दिएको छ।

निगमले डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ।