सोलुखुम्बु । भदौ १६ गते,
सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका–६ वाकुमा ढुंगासहित खसेको पहिरोमा परेर तीनजना घाईते भएका छन् । उनीहरु मध्ये गंभीर घाईते ३८ वर्षिय दिलबहादुर रेग्मीमगरलाई हेलिकप्टर मार्फत उद्धार गरी काठमाडौं पठाइएको छ । अर्का २५ बर्षिय जीतबहादुर मगरको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ । २३ बर्षिय मदन मगर भने सामान्य उपचार पछि घर फर्किएका छन् । दाहसंस्कारबाट फर्कने क्रममा बाटोमाथि करिब ५० मिटरबाट ढुङ्गाको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दिप चौहानले जानकारी दिनुभयो ।
दाहसंस्कारबाट फर्कने क्रममा पहिरो जादा तीनजना घाईते
- प्रकाशित मिति: मंगलबार, भाद्र १६ २०७७
- तामाकोशी