रामेछापका ५५ जनाको पीसीआर रिपोर्ट आउन बाँकि, थप ३६ जनाको स्वाब संकलन

  • प्रकाशित मिति: मंगलबार, भाद्र १६ २०७७
  • तामाकोशी

रामेछाप । भदौ १६ गते,
रामेछापका ५५ जनाको पीसीआर रिपोर्ट आउन बाँकि छ । विभिन्न समयमा कोरोना परीक्षणका लागि स्वाब पठाइएका ५५ जनाको रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभएको छ । उहाँले कोरोना संक्रमण पुष्टि भएका ३७ जना मध्ये ३३ जना कोरोनामुक्त भैसकेको जानकारी दिुभयो । अहिले रामेछाप नगरपालिकाको वडा नं ५ रामपुरका एक जना स्वास्थ्यकर्मी सहित ४ जनाको आइसोलेशनमा उपचार भैरहेको छ । जनस्वास्थ्य अधिकृत थापका अनुसार हालसम्म जिल्लामा १ हजार १ सय ७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । हालसम्म जिल्ला अस्पतालमा ८२ , रामेछाप सामुदायिक अस्पतालमा ४९ जना , मन्थली नगरपालिकामा ३ सय ५४ , रामेछाप नगरपालिकामा १ सय ५१ , उमाकुण्ड गाउँपालिकामा ६५ , खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा २ सय १ , दोरम्बा गाउँपालिकामा ४०, लिखुतामाकोशी गाउँपालिकामा १ सय ३१ र सुनापति गाउँपालिकामा ६१ जना गरि १ हजार १ सय ९९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । यसमध्ये मंगलबार स्वाब संकलन गरिएका जिल्ला अस्पतालबाट २ जना , मन्थली नगरपालिकाका २६ जना , रामेछाप नगरपालिकाका १४ जना र सुनापति गाउँपालिकाका ४ जना सहित ५५ जनाको रिपोर्ट आउन बाँकि छ । स्वास्थ्य कार्यालयका अनुसार विभिन्न पालिकाहरुमा अहिले ३ जना महिला र २१ जना पुरुष गरि २४ जना क्वारेन्टिनमा रहेका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म १ सय १४ बेडको आइसोलेशन कक्ष र ४ सय ९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत थापाका अनुसार हालसम्म रामेछाप स्थायी घर भै विभिन्न स्थानमा बासोबास गर्ने महिला ८ जना र २५ जना पुरुष गरि ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रामेछाप जिल्लाको पछिल्लो कोरोना अपडेट हेर्नुहोस