विराटनगर – कोरोनाका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा सिहराको मिर्चैया –६ का ६५ वर्षीय पुरुष रहेका छन् । उनको सोमबार साझ पौने ९ बजे मृ त्यु भएको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले बताए ।
भदौ ९ गते कोरोना पुष्टि भएका उनमा उच्च रक्तचाप र मधुमेहको समस्या थियो। विराट मेडिकल कलेजबाट रेफर भएर प्रतिष्ठानमा भर्ना भएका ती पुरुषको भेन्टिलेटरमा राखेर उपचार गर्नुपरेपछि शरीरका अंगहरु निश्क्रिय हुँदा दुईपटक डायलासिस गरिएको बताइएको छ ।