घर आएपछि कम्तीमा १४ दिन क्वारेन्टीनमा बस्न वडा कार्यालयको आग्रह

  • प्रकाशित मिति: सोमबार, भाद्र १५ २०७७
  • तामाकोशी

रामेछाप । भदौ १५ गते,
रामेछापको मन्थली नगरपालिका वडा नं ८ चिसापानी स्थायी भर भै विभिन्न ठाउँमा बसोबास गरिरहेकालाई वडावाशीहरुलाई घरआएपछि कम्तीमा १४ दिन क्वारेन्टीनमा बस्न वडा कार्यालयले आग्रह गरेको छ । वडा नं ८ चिसापानीका वडाध्यक्ष राजकुमार श्रेष्ठले एक सूचना मार्फत यस्तो आग्रह गर्नुभएको हो । वडाध्यक्ष श्रेष्ठद्धारा जारी सूचनामा कोरोना भाइरस कोभिड १९ बाट फैलिएको माहामारी रोकथाम गर्न जिल्ला प्रशासन कार्यालय रामेछापबाट निषेधाज्ञा जारी गरेको र नेपाल सरकारले पनि एक जिल्लाबाट अर्काे जिल्लामा प्रवेश गर्न निषेध गरेको अवस्थामा अन्य जिल्लामा विभिन्न कामले रहनु भई हाल विभिन्न बाटो अपनाई अत्यावश्यक कामका लागि घर आउँनुभएको छ भने तत्काल वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ । यस बारेमा भदौ १३ गते बसेको वडा कार्यालयको बैठकले आवश्यक निर्णय गरेकाले घर आएका त्यस्ता व्यक्तिहरुलाई ९८४४१४२५५१ र ९८५४०४०६७५ मा सम्पर्क गर्न वडा कार्यालय सूचनामार्फत आग्रह गरेको छ ।

वडा कार्यालयद्धारा जारी सूचना हेर्नुहोस्