रामेछाप । भदौ ११ गते,
रामेछाप जिल्लाकाका सवै कोरोना संक्रमितले कोरोनालाई जितेका छन् । जिल्लाको मन्थली नगरपालिका स्वास्थ्य शाखाका एक कर्मचारी सहित संक्रमण पुष्टि भएका सबै ३३ जनानै कोरोना मुक्त भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभएको छ । उहाँका अनुसार अब जिल्लाबाट स्वाब पठाइएका ८० जनाको पीसीआर रिपोर्ट आउन बाँकि छ । उहाँका अनुसार हालसम्म जिल्लामा हालसम्म १ हजार सय १२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । हालसम्म जिल्ला अस्पतालमा ८० , रामेछाप सामुदायिक अस्पतालमा ४९ जना , मन्थली नगरपालिकामा ३ सय २६ , रामेछाप नगरपालिकामा १ सय २० , उमाकुण्ड गाउँपालिकामा ६५ , खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा १ सय ९२ , दोरम्बा गाउँपालिकामा ४०, लिखुतामाकोशी गाउँपालिकामा १ सय ३१ र सुनापति गाउँपालिकामा ५७ जना गरि १ हजार १ सय २५ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । यसमध्ये ८० जनाको रिपोर्ट आउन बाँकि छ । स्वास्थ्य कार्यालयका अनुसार विभिन्न पालिकाहरुमा अहिले १ जना महिला र १५ जना पुरुष गरि १६ जना क्वारेन्टिनमा रहेका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म १ सय ४ बेडको आइसोलेशन कक्ष र ५सय बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत थापाका अनुसार हालसम्म रामेछाप स्थायी घर भै विभिन्न स्थानमा बासोबास गर्ने महिला ६ जना र २२ जना पुरुष गरि २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रामेछापका सबै संक्रमित कोरोना मुक्त, ८० जनाको रिपोर्ट आउन बाँकि
- प्रकाशित मिति: बिहिबार, भाद्र ११ २०७७
- तामाकोशी