सुनचाँदीको भाउ आज फेरी बढ्यो

  • प्रकाशित मिति: बिहिबार, भाद्र ११ २०७७
  • तामाकोशी

काठमाण्डौ, भदौ ११ गते । सुनचाँदीको भाउ आज बढेको छ ।
सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९७ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा ४ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९६ हजार ८ सय रुपैयाँमा झरेको थियो । यस्तै चाँदीको भाउ आज तोलामा ३५ रुपैयाँ बढेको छ ।
चाँदी आज तोलाको एक हजार तीन सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।