काठमाडौं बस्ने रामेछापका दुई जनामा कोरोना पुष्टि

  • प्रकाशित मिति: सोमबार, भाद्र ८ २०७७
  • तामाकोशी

रामेछाप । भदौ ८ गते,
रामेछाप स्थायी घर भै विभिन्न ठाउँमा बसोबास गर्ने २ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले रामेछाप स्थायी घर भै राजधानी काठमाडौंमा बस्दै आएका मन्थली नगरपालिकाका ३८ वर्षका पुरुष र गोकुलगंगा गाउँपालिकाका ३६ वर्षका पुरुषमा कोरोना पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमण पुष्टि भएका दुवै जना २०७२ सालमा आएको भूकम्प पश्चात काठमाडौंमै बसोबास गर्दै आएका छन् ।