रामेछाप । भदौ ३ गते,
रामेछापमा कोरोना परीक्षणका लागि स्वाब पठाइएका १ सय ३३ जनाको रिपोर्ट आउन बाँकि छ । बुधबार स्वाब संकलन गरि पठाइएका खाँडादेवी गाउँपालिकाका ३३ जना सहित १ सय ३३ जनाको रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । जिल्लामा अहिलेसम्म ३३ जनामा संक्रमण पुष्टि भएको र ८ सय ३६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालयका अनुसार संक्रमण पुष्टि भएका मध्ये २७ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने मन्थली नगरपालिकाको आइसोलेशनमा ६ जना संक्रमितको उपचार भैरहेको छ । अहिलेसम्म जिल्ला अस्पतालमा ५० , रामेछाप सामुदायिक अस्पतालमा ४९ जना , मन्थली नगरपालिकामा ३ सय १८ , रामेछाप नगरपालिकामा ९१ , उमाकुण्ड गाउँपालिकामा ६५ , खाँडादेवी गाउँपालिकामा ५५ , गोकुलगंगा गाउँपालिकामा १ सय ९२ , दोरम्बा गाउँपालिकामा ३४, लिखुतामाकोशी गाउँपालिकामा ९१ र सुनापति गाउँपालिकामा ५७ जना गरि १ हजार २ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । यसमध्ये १ सय ३३ जनाको रिपोर्ट आउन बाँकि छ । स्वास्थ्य कार्यालयका अनुसार विभिन्न पालिकाहरुमा अहिले ३ जना महिला र २३ जना पुरुष गरि २६जना क्वारेन्टिनमा रहेका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म १सय ३ बेडको आइसोलेशन कक्ष र ५सय बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
रामेछापमा १३३ जनाको पीसीआर रिपोर्ट आउन बाँकि,२६ जना क्वारेन्टिनमा
- प्रकाशित मिति: बुधबार, भाद्र ३ २०७७
- तामाकोशी