कुशे औंशीको दिन आज पितालाई सम्मान गरि मनाइदै

  • प्रकाशित मिति: बुधबार, भाद्र ३ २०७७
  • तामाकोशी

काठमाडौं । भदौ ३ गते,
आज कुसे औंसी, अर्थात बाबुको मुख हेर्ने दिन । सनातन हिन्दु धर्मावलम्बीहरुले भाद्र कृष्ण औंसीका दिन आज घरघरमा कुश भित्र्याउँदैछ । वर्ष दिनभरी गरिने धार्मिक अनुष्ठान तथा कार्यहरुमा प्रयोग हुने कुशलाई सधैं पवित्र वनस्पति मानिन्छ । आजको दिन पुरोहितहरुले यजमानका कुश लगिदिने चलन छ । आजै पितालाई सम्मान गरि उपहार तथा मिष्ठान्न भोजन खुवाउने गरिन्छ । उता, काठमाडौंको गोकर्णेश्वरमा हरेक वर्ष कुशे औंसीका दिन लाग्दै आएको मेला यसपटक नहुने भएको छ । कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेकोले आज मेला स्थगित गरिएको गोकर्णेश्वर नगरपालिकाले जनाएको छ । मन्दिर क्षेत्रमा सर्वसाधारणको भिडभाड रोक्न आज बिहानैदेखि उल्लेख्य संख्यामा प्रहरी परिचालन गरिएको छ ।