रामेछाप । भाद्र २ गते,
जिल्ला बजार अनुगमन समिति रामेछापले जिल्ला सदरमुकाम मन्थली लगायत मूख्य बजार केन्द्रमा अनुगमनलाई कडाई गरेको हो । सोही क्रममा मंगलबार जिल्ला सदरमुकाम मन्थलीका फलफूल तथा तरकारी पसल, उपभोग्य सामान र हाडवेर बिक्री गर्ने पसलमा अनुगमन गरेको थियो । लकडाउन र चाडबाडको समयमा हुनसक्ने कालोबजारी तथा अखाद्य बस्तुको बिक्रीलाई ध्यानमा राखी बजार अनुगमनलाई कडा गरिएको हो । अनुगमनको क्रममा बिक्रीको लागि राखिएका कुहिएका र बिग्रिएका फलफूल तथा तरकारी, म्याद गुज्रिएका पेयपदार्थ तथा जुस, बिस्कुट, चाउचाउ , दालमोठ, चिजबल, चक्लेट, मैदा, तेल लगायतका उपभोग्य सामान जफत गरिएको अनुगमन समितिले जनाएको छ । त्यस्तै हार्डवेर पसलबाट म्याद गुज्रिएका रंग, इनामेल लगायतका समान पनि जफत भएका छन् । म्याद गुज्रिएको मोविल समेत जफत गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापका प्रशासकिय अधिकृत रामप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
रामेछापको मन्थली लगायत मूख्य बजार केन्द्रको अनुगमनमा कडाई
- प्रकाशित मिति: मंगलबार, भाद्र २ २०७७
- तामाकोशी