रामेछाप । साउन ३१ गते,
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामेछापले पनि जिल्लामा कोरोना संक्रमणका बिरामी देखिएकोले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आह्वान गरेको छ । पार्टीको तर्फबाट जिल्ला सचिवालय सदस्य आनन्द श्रेष्ठले जिल्लाबासीलाई सामाजिक दुरी कायम गर्न, मास्क लगाउन तथा भिडभाड नगर्न आग्रह गर्नुभएको छ । साथै पार्टीका कार्यकर्तालाई समेत उहाँले कोरोना विरुद्ध समाजमा सचेतना फैल्याउने काममा सहयोग र सहकार्य गर्न आग्रह गर्नुभएको छ । जिल्लामा कोरोना नियन्त्रण अभियानमा राजनीतिक दलले समेत सचेतनाका कार्यक्रम सञ्चालन गर्ने निर्णय भएपछि प्रमुख राजनीतिक दलका नेता कार्यकर्ता सचेतना अभियानमा लागेका छन् ।
कोरोनाबाट बच्च उच्च सतर्कता अपनाउन नेकपा रामेछापको आह्वान
- प्रकाशित मिति: शनिबार, साउन ३१ २०७७
- तामाकोशी