रामेछाप । साउन ३० गते,
रामेछाप जिल्लाको लिखुतामाकोशी गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्कालाई प्रहरीले प*क्राउ गरेको छ । व्यक्ति अपहरण र शरिर बन्धक बनाएको आरोपमा अध्यक्ष खड्कालाई प्रहरीले शुक्रबार सदरमुकाम मन्थलीबाटै प*क्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक बसन्त पाठकले खड्कालाई व्यक्ति अपहरण र शरिर बन्धक बनाएको आरोपमा प*क्राउ गरि थप अनुसन्धान गर्न जिल्ला अदालतबाट ७ दिनको म्याद लिएको जानकारी दिनुभयो । अध्यक्ष खड्का र वडा नं ५ का लाल बहादुर तामाङ मिलेर लिखुतामाकोशी गाउँपालिका स्थित धोबी बजार सडक ग्रावेल तथा नाला निर्माण योजना उपभोक्ता समितिका अध्यक्ष दर्पण घिसिङलाई साउन २१ गते गाउँपालिकाकै कार्यालयमा बन्धक बनाएर जे पनि गर्न सक्छु भन्दै धम्की दिएर जवरजस्ती चेकमा हस्ताक्षर गराउँन खोज्ने खड्का र तामाङ दुवैलाई प*क्राउ गरिएको प्रहरी प्रमुख पाठकले बताउनुभयो । अध्यक्ष खड्काले यसअघि पनि २०७७ जेठ १३ गते पनि उपभोक्ता समितिमै किन बसेको भन्दै विभिन्न ध*म्की दिएको उहाँले बताउनुभयो । गाउँपालिका अध्यक्ष खड्का विरुद्ध, ठगी गरेको, शरीर बन्धक गराएको र स्थानीय उपभोक्तालाई धम्की दिएको लगायतका तीन वटा उजुरीहरु परेको र त्यसका बारेमा पनि थप अनुशन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
किन प*क्राउ परे लिखुतामाकोशी गाउँपालिका अध्यक्ष खड्का
- प्रकाशित मिति: शुक्रबार, साउन ३० २०७७
- तामाकोशी