पत्रकार श्रेष्ठद्धारा फोनिज रामेछापका लागि ५० हजार रुपैयाँको अक्षय कोषको घोषणा

  • प्रकाशित मिति: बुधबार, साउन २८ २०७७
  • तामाकोशी

रामेछाप । साउन २८ गते,
रामेछापमा लामो समयदेखी निरन्तर रुपमा सक्रिय पत्रकारीतामा रहनुभएका पत्रकार सुमित श्रेष्ठले फोनिज रामेछापका लागि ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको छ । आफ्नो २१ औं स्थापना दिवसका दिन फोनिज रामेछापले मंगलबार आयोजना गरेको उत्कृष्ट आदिवासी जनजाति पत्रकारीता वर्ष पुरस्कार २०७७ वितरण तथा चियापान कार्यक्रममा पत्रकार श्रेष्ठले अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको हो । पत्रकार श्रेष्ठले फोनिज रामेछापले वार्षीक रुपमा प्रदान गर्दै आएको पुरस्कारका लागि अक्षय कोष स्थापना गर्ने घोषणा गरेका हुन् । जिल्लामा रहेर आदिवासी जनजातिको हकहितको क्षेत्रमा कलम चलाउने पत्रकारलाई फोनिज रामेछापले वार्षीक रुपमा प्रदान गर्दै आएको पुरस्कारको निरन्तरताका लागि सहयोग पुगोस् भन्ने हेतुले अक्षयकोष स्थापना गरि सहयोग गर्न लागेको बताउनुभयो । फोनिज रामेछापका संस्थापक समेत रहनुभएका पत्रकार श्रेष्ठ विगत २१ वर्षदेखी रामेछाप जिल्लामा निरन्तरण पत्रकारीतामा सक्रिय हुनुहुन्छ । विशेसत खोज पत्रकारीतामा सक्रिय श्रेष्ठ अहिले जनता टेलिभिजको जिल्ला रिपोर्टर , रेडियो तीफदीका स्टेशन म्यानेजर र हाम्रो अनलाइन न्युज डटकममा प्रधान सम्पादनका रुपमा कार्यरत हुनुहुन्छ । फोनिज रामेछापले वि.स २०७६ सालदेखी निरन्तर रुपमा आदिवासी जनजातिको हकहितको क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई नगद ५ हजार सहित उत्कृष्ट आदिवासी जनजाति पत्रकारीता वर्ष पुरस्कार प्रदान गर्दै आएको छ । फोनिजले गत वर्ष २०७६ मा पत्रकार सुमित श्रेष्ठ र यो वर्ष वि.स २०७७ मा युनिक बिफा घिसिङलाई उक्त वर्ष पुरस्कार प्रदान गरिसकेको छ ।