डोटी – डोटीमा बस दु र्घट ना हुँदा तीन जनाको मृ/त्यु भएको छ भने ३१ जना घाइते भएका छन्। धनगढीबाट अछामतर्फ जाँदै गरेको कर्णाली रिभर यातायातको ना ६ ख २५२९ नम्बरको बस दुर्घटना भएको हो । पहलमानसिं स्वार राजमार्ग अन्तर्गत डोटीको पूर्बीचौकी गाउँपालिका( १ तल्लोफुलोटमा बुधबार बिहान ६ बजे बस दु र्घट ना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए । बसमा सवार सबै भारतबाट मजदुरी गरेर घर फर्केका थिए।
अहिले दु र्घट नास्थलमा प्रहरी लगायत स्थानीयले उद्धार गरिरहेका छन् । केहि घा इतेलाई जिल्ला अस्पताल डोटीमा ल्याइएको बोहराले जानकारी दिए। मृ तकको सनाखत हुन बाँकी रहेको छ।