गोंगबु हत्‍ याको प्रदाफास ,१५ वर्षीया छोरी प्रहरी नि यन्त्रणमा,हतौडाको सिकार कृष्णबहादुर बोहारा

  • प्रकाशित मिति: मंगलबार, साउन २७ २०७७
  • तामाकोशी

काठमाडौं स् प्रहरीले रोल्पाका कृष्णबहादुर बोहाराको ह त्यामा संलग्नको आरोमा प क्राउ परेकी महिलालाई सार्वजनिक गरेको छ। साउन २५ गते काठमाडौंको टोखा नगरपालिका(१० गोंगबु, नवज्योति मार्गमा सुटकेसमा शव र अर्को झोलामा टा उको र खुट्टा फेला पारेको थियो। शव पहिचानपछि अनुसन्घानका क्रममा ह त्यामा संलग्नको आशंकामा चितवनकी ३७ वर्षीया कल्पना मुडभरी ९पौडेल० लाई सोमबार प क्राउ गरी काठमाडौं ल्याएको थियो।

प्रहरीले मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौंमा गरेको पत्रकार सम्मलनमार्फत ह त्यामा संलग्न मुडभरीलाई सार्वजनिक गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको संयुक्त अनुसन्धानबाट विभिन्‍न तथ्यहरु फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार मृतक ४५ वर्षीय कृष्णबहादुर रोल्पा रम्तीगढी ७ सतिमका हुन् । अभियुक्त ३७ वर्षीया कल्पना चितवन कालिका नगरपालिका ७ घर भएर अहिले टोखा नगरपालिका १० नवज्योती मार्गमा बस्दै आएकी हुन् । उनी पेशाले गृहिणी हुन् । उनले केही टेलिशृङ्खलामा अभिनयसमेत गरेको प्रहरीले खुलाएको छ । कल्पनालाई प्रहरीले साउन २६ गते चितवन कालिका नगरपालिका ९ शक्तिखोरस्थित माइती घरबाट प क्राउ गरेको हो । घट नामा संलग्न उनकी १५ वर्षीया छोरीलाईसमेत प्रहरीले नि यन्त्रणमा लिएको छ।



अनुसन्धानबाट खुलेका तथ्य
प्रहरीका अनुसार मृतक र अभियुक्त करिब तीन–चार वर्षदेखि चिनजान र सम्पर्कमा थिए । उनीहरु फेसबुकमार्फत् चिनजान भएर भेटघाट गर्दै आएको अनुसन्धानबाट खुलेको महानगरीय अपराध महाशाखाका प्रमुख दीपक थापाले जानकारी दिए । मृ तक कृष्णबहादुर अभियुक्तको कोठामा बेला बेलामा पुग्ने र भेट्ने गरेका थिए । मृतकले अभियुक्तको फोटो राखेर फेक फेसबुक आईडी खोली चलाउने गरेको अभियुक्तले बयानमा उल्लेख गरेकी छन् । फेक फेसबुकबाट आफू अनुकूल चल्नको लागि निरन्तर दबाब दिइरहेकोसमते उनले प्रहरीसँगको बयानमा बताएकी छन् । प्रहरी अनुसन्धानबाट मृ तक घट नाको दिन आफू बसेको होटलबाट बा ७२ प ५६४४ नम्बरको स्कुटी प्रयोग गरी अभियुक्तको कोठामा पुगेको खुलेको छ । उनी कोठामा पुगेपछि अभियुक्तले दही, चिउरा, मासु र भोड्का खान दिएकी थिइन् ।

चिउरा, मासु र भोड्कासँगै अभियुक्तले दहीमा पाँचवटा निन्द्राको औषधि मिलाई खाना दिएकोसमेत बयानमा उल्लेख गरेकी छन् । निन्द्रालाग्ने औषधि खाएपछि मृतक लठ्ठ परेर सुतेको मौकामा अभियुक्तले फलामको मारतोल ९ह्याम्मर०ले अण्डकोषमा प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।ह्याम्मरको प्रहारपछि सलको प्रयोग गरी घाटीमा थि चेको र मरेको यकिन गरेको प्रहरी बयानमा अभियुक्तले स्वीकार गरेकी छन् ।

अभियुक्तले मरेको यकिन भएपछि धारिलो हतियार प्रयोग गरी टाउको र खुट्टा छिनाई झोलामा राखेर आफैंले फालेको स्वीकार गरेकी छन् । उनले शवको बाँकी भाग कालो रंगको सुटकेशमा राखेर बाटो नजिकै फालेर फर्किएको बताएकी छन् ।

अभियुक्त कसरी पुगिन् चितवन
कृष्णबहादुरको हत्यापछि अभियुक्त एम्बुलेन्समा चढेर चितवन पुगेको खुलेको छ । उनले चिनजानको एम्बुलेन्स चालकलाई फोन गरेर चितवन गएको प्रहरी अनुसन्धानबाट खुलेको हो । प्रहरी अनुसन्धानबाट अभियुक्तलाई छोरीलेसमेत शव व्यवस्थापनमा साथ दिएको खुलेको छ ।