रामेछाप । साउन १९ गते,
रामेछापमा हराएको ९ दिनपछि एक महिलाको शव फेला परेको छ । जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं १ चुचुरेका बालकृष्ण गुभाजुकी श्रीमती ५५ वर्षीया ठुलोकान्छी गुभाजुको घरबाट हराएको ९ दिनपछि शव भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक बसन्त पाठकले गत साउन ११ गते आइतबारदेखी हराएकी गुभाजुको गोकुलगंगा गाउँपालिका वडा नं ३ धारापानी स्थित खिम्तीखोला किनारमा सोमबार शव फेला पारिएको र यसका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको जानकारी दिनुभयो ।
खिम्तीखोला किनारमा एक महिलाको शव फेला
- प्रकाशित मिति: सोमबार, साउन १९ २०७७
- तामाकोशी