काठमाडौँ । नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
शनिबार मध्यराति १२ बजेदेखि लागू हुने गरी डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँले मूल्य बढाइएको नेपाल आयल निगमले जनाएको छ। निगमका अनुसार अब प्रतिलिटर पेट्रोल १०४, डिजेल ९० र मट्टितेल ९० रुपैयाँ पर्ने छ।
आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको जनाउँदै नेपालमा पनि सोहीअनुसार भाउ बढाएको जनाएको छ। खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले जनाएको छ।
पेट्रोलियम पदार्थको मूल्य बढ्यो (कुन पदार्थमा कति ?)
- प्रकाशित मिति: आइतबार, साउन १८ २०७७
- तामाकोशी