ऋ’ण तिर्न नसकेपछि आफू अपह’रणमा परेको अभिनय गर्नेलाई प्रह’रीले १८ घण्टापछि समात्यो

  • प्रकाशित मिति: शुक्रबार, साउन १६ २०७७
  • तामाकोशी

सिन्धुपाल्चोक । अज्ञात व्यक्तिले अपह’रण गरेको भनेर झुक्याउनेलाई १८ घण्टापछि प्रह;रीले पक्राउ गरेको छ। पक्रा’उ पर्नेमा बाह्रबिसे नगरपालिका–४ का जीवन खत्री रहेका छन्। ऋ’ण तिर्न नसकेपछि उनले आफू अप’हरणमा परेको सूचना प्रह’रीलाई दिएका थिए।
अपह’रणमा परेको खबर आएपछि प्रह’री परिचालन गरिएको र जाँचबुझका क्रममा उनी अपह’रणमा नपरेको जिल्ला प्रह’री कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। उनलाई अपह’रणको नाटक गरी झुटा अपवाह फैलाइ समाजमा नकारात्मक प्रभाव पारेको अभियोगमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रह’री कार्यालयका प्रमुख प्रज्वल महर्जनले बताए।
गत बुधबार साँझ ७ बजे सुनकोशी गाउँपालिका–५ यमुनाडाँडास्थित फूपूको घरमा बसिरहेको अवस्थामा खत्रीलाई प्रहरीले पक्रा’उ गरेको थियो। वर्ष दिनअघिदेखि गाउँमा कुखुरापालन गरेर बसेका उनले ऋ’ण सापटी लिएको पैसा तत्काल तिर्नुपर्ने र उनले तिर्न नसकेपछि यस्तो नाटक गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्र’हरीले बताएको छ।
-रासस