कञ्चनपुर, साउन १५ गते । निर्मला पन्तको बला-त्कारपछि ह-त्या घटनामा यातना र प्रमाण नष्टको आरोप लागेका तत्कालीन एसपी दिल्लीराज विष्टसहित आठैजना प्रहरी अधिकारीहरुले सफाइ पाएका छन् ।
जिल्ला अदालत कञ्चनपुरले बिहीबार यातना कसुरमा तत्कालीन एसपी दिल्लीराज विष्ट, डिएसपीद्वय अंगुर जिसी र ज्ञानबहादुर सेठी तथा प्रहरी निरिक्षक एकेन्द्र खड्कालाई निर्दो’श ठहर्याएको हो । निर्मलाकी आमा दुर्गादेवी पन्त वादी रहेको सार्वजनिक न्यायवि’रुद्धको कसुरमा यी चारसहित प्रहरी निरिक्षक जगदीशप्रसाद भट्ट, सईद्वय रामसिंह धामी र हरिसिंह धामी तथा प्रहरी जवान चाँदनी साउदले सफाई पाएका हुन् ।
न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले उनीहरुलाई सफाइ दिएको हो ।यसअघि जिल्ला अदालतले आठैजना प्रहरीलाई धरौटीमा छाडेको थियो । दुई वर्षअघि १३ वर्षीय निर्म’ला पन्तको बल-त्कार गरी ह-त्या गरिएको थियो।