काठमाण्डौ । साउन १५ गते,
सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ पुगेको छ । आज तोलामा ५ सय रुपैयाँ बढेर ९९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ अहिलेसम्मकै महंगो हो । कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ बढेको हो । नेपालमा पनि त्यसकै प्रभावले सुनको भाउले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ । सुनको भाउले रेकर्ड बनाए पनि चाँदीको भाउ भने आज स्थिर छ । चाँदीको भाउ आज पनि तोलाको १२ सय २५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।
सुनको भाउ प्रति तोला ९९ हजार पुग्यो
- प्रकाशित मिति: बिहिबार, साउन १५ २०७७
- तामाकोशी