रामेछाप । साउन ११ गते,
रामेछापमा पार्लर ,स्पा,सैलुन बाहेका व्यापार व्यवसाय राती १० बजेसम्म खुल्ने भएको छ । रामेछापकी प्रमुख जिल्ला अधिकार रुद्रादेवी शर्माले आइतबार एक सूचना मार्फत नेपाल सरकार मन्त्रिपरिषदको चैत्र १ गतेको निर्णय अनुसार २०७६ चैत्र ११ गतेदेखी सुरु भई विभिन्न मितिमा हेरफेर तथा थपघट सहित नेपाल भर लागु गरिएको लकडाउन गत साउन ६ गते मंगलबारबाट अन्त्य गरिएसंगै साउन १५ गते विहीबारबाट जिल्लामा पार्लर ,स्पा,सैलुन बाहेका व्यापार व्यवसाय राती १० बजेसम्म खुल्ने जनाउनुभएको हो । सूचनामा जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गर्ने र संस्कृति , पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले तोकेको मापदण्ड बमोजिम हुनेगरी यहि साउन १५ गतेदेखी सामुहिक भोज , पार्टी , सेमिनार वा अन्य सामुहिक बेला नगर्ने गरी होटल , रेष्टुरेण्ट संचालन गर्ने जनाइएको छ । त्यसैगरी जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरि भदौ १ गतेदेखी जिल्लाभित्र तथा अन्तर जिल्ला भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले तोकेको मापदण्ड बमोजिक छोटो , मध्यम र लामो दुरीको निजी तथा सार्वजनिक यात्रुबहाक सवारी साधनहरु संचालन हुने सूचनामा उल्लेख गरिएको छ । भदौ १ गतेदेखीनै संकृति , पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले तोकेको मापदण्ड बमोजिम हुनेगरी सो मन्त्रालयले तोकको आन्तरिक तथा अन्तराष्ट्रिय व्यावसायिक तथा अन्य उडानहरु संचालन गरिने , अन्तराष्ट्रिय खेलकुदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेलहरु संचालन गरिने र विद्यार्थी भर्ना , शैक्षिक अन्य परीक्षाहरु संचालन हुने प्रमुख जिल्ला अधिकारी शर्माले जानरी गर्नुभएको सूचनामा उल्लेख गरिएको छ ।
भदौ १ बाट विद्यार्थी भर्ना र परीक्षाहरु संचालन ,पार्लर ,स्पा र सैलुन बाहेका व्यवसाय राती १० बजेसम्म खुल्ने
- प्रकाशित मिति: आइतबार, साउन ११ २०७७
- तामाकोशी