प्रधानन्यायाधीश विरु द्ध महाअभि योग माग्दै माइतीघरमा प्रद र्शन

  • प्रकाशित मिति: शुक्रबार, साउन ९ २०७७
  • तामाकोशी

काठमाडौं । श्रीमतीको ह त्या गरेर जेल बसेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रन्जन कोइरालालाई ११ वर्ष कैद माफीको फैसला सुनाएको भन्‍दै माइतीघरमा प्रद र्शन गरिएको छ।
स्वतन्त्र राष्ट्रिय अभियान नेपालको पहलमा शुक्रबार माइतीघर मण्डलामा प्रद र्शन भएको हो । प्रद र्शनमा सहभागीहरुले अदालतको चोला फेर्न चोलेन्द्रलाई महाअभि योग, भागबण्डाको गोटीले, उन्मुक्ति पाए भेटीले, जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले तत्कालिन पुनरावेदन अदालतले जन्मकै दको सजाय सुनाएको कोइरालालाई साढे ८ वर्षमात्र कैद हुने फैसला गरेको थियो । सर्वोच्चको फैसलाअनुसार कोइराला बिहीबार छुटेका छन् ।