रामेछाप । साउन ९ गते,
रामेछापमा बला*त्कारका घटना ह्वात्तै बढेको छ । एक वर्षमा मात्रै बलात्कारका १६ वटा मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् । बला*त्कार प्रयासका पाँच वटा र बालयौ*न दुर्व्यवहारका चार वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । अघिल्लो वर्ष भन्दा गएको आर्थिक वर्षमा बला*त्कारका घटना बढेका छन् । ०७५÷०७६ मा बला*त्कारका पाँच वटा मात्र मुद्दा प्रहरीमा दर्ता भएका थिए । सो अवधिमा बला*त्कार प्रयासको एकवटा मात्र मुद्दा दर्ता भएको थियो । आर्थिक वर्ष ०७४÷०७५ मा ६ वटा बलात्कारका मुद्दा प्रहरीमा दर्ता भएका थिए । जिल्लामा कोरोना भाइरसबात बच्च सरकारले जारी गरेको लकडाउनका समयमा बला*त्कारका घटना बढेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक बसन्त पाठकले बताउनुभयो । पाठकका अनुसार लकडाउनको अवधिमा मात्रै बला*त्कारका पाँच वटा घटना भएका छन् । यीमध्ये दुईवटा घटना जेठ र तीनवटा घटना असार महिनामा भएका हुन् । यस अवधिमा बला*त्कार प्रयासका तीन वटा घटना भएका छन् । बाल यौन दुरुपयोगका घटना भने दुईवटा छन् । यी घटनाका आरोपीमध्ये एक बाहेक सबैलाई गिरफ्तार गरी आवश्यक कारबाही अघि बढाएको उहाँले बताउनुभयो । आर्थिक वर्ष ०७५÷०७६ मा भन्दा आर्थिक वर्ष ०७६÷०७७७ मा रामेछाप प्रहरीमा उजुरी दिनेको संख्या कम छ । रामेछापका प्रहरी प्रमुख पाठकका अनुसार आर्थिक वर्ष ०७५÷०७६ मा २०९ वटा मुद्दा परेका थिए । ०७६÷०७७ मा १९९ वटा मात्र मुद्दा परेका छन् । तीमध्ये ११५ वटा मुद्दा टुंगिएका छन् । ८४ वटा कारबाहीको प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो । प्रहरीमा परेका मुद्दामध्ये सबैभन्दा धेरै आत्महत्या र भवितव्य ज्यानका मुद्दा छन् । आत्महत्याका ५० वटा मुद्दा दर्ता हुँदा भवितव्य ज्यानका ४३ वटा मुद्दा दर्ता भएका छन् । जिल्लामा एक वर्षमा २४ जना बालबालिका सहित ७५ जना मानिस हराएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक पाठकका अनुसार गत वर्ष ५१ जना महिला , १० जना बालक र १४ जना बालिका हराएका छन् । उहाँले महिला ३६ जना ,बालक ६ जना र बालिका १३ जना गरी ५५ जनालाई फेला पारिएको र महिला १५ जना ,बालक ४ जना र बालिका १ जना सहित २० जना फेला पर्न बाँकि छ । गएको तीन वर्षको तथ्याङ्कलाई हेर्दा जिल्लामा व्यक्ति हराउँनेको संख्या घट्दो छ । प्रत्येक वर्षमा २५ जनाका दरले हराउने मानिसहरुको संख्या घटेको प्रहरीको तथ्याङकमा छ ।
रामेछापमा बला*त्कारका घटना बढे
- प्रकाशित मिति: शुक्रबार, साउन ९ २०७७
- तामाकोशी