उदयपुर । साउन ८ गते,
लकडाउन खुलेसँगै उदयपुरका साप्ताहिक हाट बजार संचालन हुन थालेका छन् । कोरोना संक्रमणको त्रास कायम हुँदासमेत बजारमा भीडभाड बढ्न थालेको हो । उदयपुरका कटारी, गाईघाट, मुर्कुची, बेलटार र रामपुरलगायतका प्रमुख बजार खुल्न थालेका छन् । बजार खुलेसँगै भोजपुर, खोटाङ, ओखलढुंगा, सिराहा, सप्तरी र सुनसरी जिल्लाका ब्यापारीहरुको चहल पहलसमेत बाक्लिएको छ । बजार खुलेसंगै उदयपुरको पुर्वी भेगमा भने कोरोना समुदायस्तरमै फैलिएको आशंका गरिएको छ । पछिल्लो समय बेलका नगरपालिकामा २ वर्षीया बालिकादेखि ७० वर्षीया हजुरआमासँगै एकै परिवारका चार जनासहित ८ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला स्वास्थ्य प्रमुख मोहन सुवेदीले उदयपुरमा कोरोना संक्रमितको संख्या ८५ पुगेको बताउनुभयो ।
उदयपुर हाट बजार संचालन , बजार क्षेत्रमा भीडभाड बढ्यो
- प्रकाशित मिति: बिहिबार, साउन ८ २०७७
- तामाकोशी