रामेछाप । साउन ७ गते,
रामेछाप जिल्लामा गएको एक वर्षमा ५० जनाले आत्म*हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापले गएको आर्थिक वर्ष २०७६÷०७७ मा गरेको कार्यसम्पादनका बारेमा जानकारी दिन बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो जानकारी दिइएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरिक्षक बसन्त पाठकले एक वर्षको अवधिमा ३९ जनाले झुण्डीएर र ११ जनाले बिष सेवन गरेर आत्म*हत्या गरेको जानकारी दिनुभयो । उहाँले यहि अवधिमा जिल्लामा १६ वटा जवरजस्ती क*रणी , ५ वटा जवरजस्ती क*रणी उद्योग र ४ वटा बाल*यौन दुरुपयोगका घटना भएको बताउनुभयो । प्रहरी नयव उपरिक्षक पाठकले जिल्लामा एक वर्षमा महिला ५१ जना , बालक १० जना , बालिका १५ जना गरि ७५ जना हराएकोमा महिला ३६ जना ,बालक ६ जना र बालिका १३ जना गरी ५५ जनालाई फेला पारिएको जानकारी दिनुभयो । उहाँका अनुसार अझै महिला १५ जना ,बालक ४ जना र बालिका १ सहित २० जना फेला परेका छैनन् । उहाँले एक वर्षको समयावधिमा घरेलु हिंसाका ३७ वटा उजुरी परेकोमा २८ वटा मिलापत्र , ५ वटा सम्पर्कमा नआएको , ३ वटाको आवश्यक काम बाँकि रहेको र एउटा बहुबिबाह मुद्दामा परिणत भएर अदालत गएको जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय रामेछापले गरेको पत्रकार भेटघाट कार्यक्रमको थप फोटो हेर्नुहोस

