रामेछापमा ट्राफिक नियम नमान्ने ७२ सय बढी सवारी कारवाहिमा

  • प्रकाशित मिति: सोमबार, साउन ५ २०७७
  • तामाकोशी

रामेछाप । साउन ५ गते,
रामेछापमा एक वर्षमा ट्राफिक नियम नमान्नेको ७ हजार २ सय ५० सवारी कारवाहिमा परेका छन् । ट्राफिक प्रहरीले सवारी नियम उल्लङगन् गर्ने ती सवारीलाई कारवाही गरी एक वर्षमा ५२ लाख ५५ हजार रुपैयाँ जरीवाना सङकलन गरेको छ । एक वर्षको अवधीमा ट्राफिक नियम विपरित संचालित ७ हजार २ सय ५० सवारी कारवाहीबाट उक्त जरिवाना सङकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी सहायक निरिक्षक रामेश्वर पाण्डेले जानकारी दिए । गत आर्थिक वर्ष २०७६÷०७७ मा जिल्लाभर भएको सवारी दुर्घटनामा परि तीन जना बालबालिका सहित १२ जनाले ज्यान गुमाएको र ६३ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका पाण्डेले जनाकारी दिए । उनका अनुसार सवारी दुर्घटनामा परि २३ जना गम्भीर घाइते र ४३ जना सामान्य घाइते भएका छन् । जिल्लाका अधिकांस ठाउँमा बनेका साँघुरो बाटो, यातायातको चाप, तिव्र गति , मोटरसाइकलमा असुरक्षित यात्रा, गाडीमा ओभर लोड्, ट्याक्टरमा मानिसहरुको ओसार पसार, चालकको लापरवाही आदिले दैनिक सवारी दुर्घटना बढिरहेको छ । २ नगरपालिका र ६ गाउँपालिकाको ६४ वडा रहेको रामेछापका अधिकांस सडकहरु जोखिम युक्त छन् । जसका कारण नागरिकहरु आफ्नो ज्याननै जोखिममा राखेर यात्रा गर्न बाध्य छन् । हिउँदको समयमा समेत निकै कष्टकर हुने सडकहरु अहिले वर्षादको समयमा झन कष्टकर बनेका छन् ।