रामेछाप । साउन ४ गते,
आइतबारबाट लगातार ४ दिन वर्षा हुने भएपछि आवश्यक सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय रामेछापले आग्रह गरेको छ । शनिबार साँझ जिल्ला प्रशासन कार्यालय रामेछापका प्रशासकिय अधिकृत राम प्रसाद भट्राईले एक सूचना प्रकाशन गरी साउन ८ गते बिहीवारसम्म लगातार वर्षा हुने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेका हुन् ।यो अवधीमा हल्का देखी भारी वर्षा हुने र नदी आसपासका क्षेत्रहरुमा डुवान तथा पहाडी क्षेत्रहरुमा पहिरो तथा बाढी जान सक्ने भएकाले सुरक्षा सर्तकता अपनाउन जिल्लावासीलाई प्रशासनले अनुरोध गरेको हो । प्रशासनले विपद् सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएकाले केहि त्यस्ता घटनाहरु घटे तत्काल नजिकैको प्रहरी चौकीमा खबर गर्न ,बाढी पहिरो तथा डुवानबाट जोखिममा रहेका वस्तीका बासिन्दालाई सुरक्षित स्थानमा राख्ने व्यवस्था गर्न स्थानीय तहलाई अनुरोध पनि गरेको छ । प्रशासनले वर्षादको समयमा नदी खोलाको आसपासमा बालबच्चालाई नछोड्न,बाढी पहिरोबाट हुनसक्ने सडक अवरुद्ध हटाउन उद्धार उपकरण तयारी अवस्थामा राख्न ,विपद् प्रभावित क्षेत्रहरुमा यातायत , विद्युत , खानेपानी र सञ्चार लगायत अत्यावश्यक सेवा सुचारु राख्न पनि आग्रह गरेको छ । जिल्लाका सबै स्थानीय तह, रेडक्रस , गैरसरकारी संस्था ,निजी क्षेत्र तथा विषयगत कार्यालयहरुलाई आआफ्नो स्थानबाट सहोग गर्न , आपतकालिन अवस्थामा प्रहरी सञ्चार १०० , स्थानीय तह,जिल्ला प्रहरी कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।
हेर्नुहोस जिल्ला प्रशासन कार्यालय रामेछापको मौसम सम्बन्धि सूचना
