रामेछापमा भोलिबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन हुँदै

  • प्रकाशित मिति: बुधबार, असार ३१ २०७७
  • तामाकोशी

रामेछाप । असार ३१ गते,
रामेछापमा साउन १ गते विहिबारदेखि राष्ट्रिय परिचयपत्र वितरणका लागि व्यक्तिगत विवरण सङ्कलन हुदैछ । पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयमा नागरिकता तथा राहदानी बनाउन आउने व्यक्तिहरुको व्यक्तिगत तथा जैविक विवरण सङ्कलन गरिने जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय रामेछापका प्रशासकीय अधिकृत राम प्रसाद भट्टराईले एक एक सूचना जारी गर्दै संचारमाध्यम मार्फत नागरिकहरुलाई परिचयपत्र बनाउनको लागि समेत अनुरोध गरेको छ । विवरण दर्ता र कागजात राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा पठाई, कार्ड तयार भएपछि जिल्ला प्रशासन कार्यालयबाट सम्बन्धित व्यक्तिलाई विवरण प्रदान गरिने प्रशासनले जनाएको छ । प्रशासनले जारी गरेको सूचनामा परिचयपत्र बनाउन नेपाली नागरिकताको प्रमाण पत्रको सक्कल र प्रतिलिपी, आमा र बुबाको नागरिकताको प्रतिलिपी उपलब्ध भएसम्म र नगारिकराको प्रमाणपत्रमा जन्म मिति नखुलेकाको हकमा सो खुल्ने प्रमाण वा स्थानीय तहको सिफारिस पत्र माग चाहिने उल्लेख गरिएको छ । राष्ट्रिय परिचयपत्र प्राप्त गर्न कम्तिमा १६ वर्ष उमेर पुरा भएको हुनु पर्ने र नेपाली नागरिकताको प्रमाण पत्र लिएको हुनु पर्ने जिल्ला प्रशासनले जनाएको छ ।

जिल्ला पशासन कार्यालय रामेछापद्धारा प्रकाशित सूचना हेर्नुहोस्