बाढी पहिरोमा ज्यान गुमाएकाको परिवारलाई एक लाख राहत

  • प्रकाशित मिति: सोमबार, असार २९ २०७७
  • तामाकोशी

रामेछाप । असार २९ गते,
बाग्मती प्रदेश सरकारले बाढी पहिरोमा ज्यान गुमाएका परिवारलाई एक लाख रुपैँया राहत दिने भएको छ । बाग्मती प्रदेश मन्त्री परिषदको आइतबार बसेको बैठकले सो निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए । मन्त्री ढुंगेलका अनुसार बाग्मती प्रदेश भित्र बाढी पहिरोमा परी ज्यान गुमाएको परिवालाई तत्काल सो रकम उपलब्ध गराइने छ । बैठकले बाढी पहिरोमा परी बेपत्ता भएकाको खोजी तथा घाइतेको उपचारको लागि पनि अवश्यक प्रवन्ध मिलाउने निर्णय गरेको छ । प्रदेशका सबै संयन्त्रलाई विपद् व्यवस्थापन, सहयोग र उद्धारको लागि तयारी अवस्थामा रहन पनि मन्त्री ढुुंगेलले आग्रह गरे । उनले प्रकोप पीडितको खोजी, उद्धार र राहतको लागि प्रदेश सरकारले सबै खालका सहयोग गर्ने बताए ।