खोटाङ । असार २८ गते,
खोटाङको धार्मिक तथा पर्यटकीय स्थल वराह पोखरीबाट दुर्लभ रातो माछा निकालिरहेको अवस्थामा दुई जना पक्राउ परेका छन् । वराहपोखरी गाउँपालिका १ मा रहेको वराह पोखरीमा पाइने रातो माछा डोकोले छोपेर निकालिरहेको अवस्थामा त्यही ठाउँका ५७ वर्षीय प्रेमबहादुर राई र २७ वर्षीय जितबहादुर राई पक्राउ परेका हुन् । लोपोन्मुख बनेको रातो माछा निकालिरहेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायणप्रसाद चिमोरियाले बताए ।
पोखरीबाट ३५ केजी बराबरको रातो माछा निकालिएको अनुमान गरिएको छ । पक्राउका क्रममा भेटिएका जिउँदो माछालाई पोखरीमै छाडिएको र मरेको माछालाई बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुई जनाविरुद्ध चोरीअन्तर्गतको कारबाही चलाउने तयारी गरिएको डीएसपी चिमोरियाले बताए ।
दुर्लभ रातो माछा निकाल्ने दुई जना पक्राउ
- प्रकाशित मिति: आइतबार, असार २८ २०७७
- तामाकोशी