काभ्रे । असार १२ गते,
काभ्रे जिल्लाको रोशी गाउँपालिकामा बोधिचित्त लुटपाट गर्न आएका समूहसँग झडप हुँदा ५ जना स्थानीयबासिन्दा सामान्य घाइते भएका काभ्रे प्रहरीले जनाएको छ । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ । बिहिबार राति हतियारधारी समूह बोधिचित्त लुटपाट गर्न गएको सूचना आएपछि प्रहरी गाउँमा पुग्दा हतियारधारी समूह भागिसकेको प्रहरीको भनाइ छ । त्यस क्रममा प्रहरीले गोली पनि चलाएको थियो । हतियारधारी समूहले बाटोमा बम जस्तो वस्तु राखेको र त्यो अहिले हटाइसकिएको पनि प्रहरीले जनाएको छ । मध्यराति भएका घटनामा संलग्न केहीको पहिचान भइसकेको र उनीहरुको खोजी भैरहेको काभ्रेका प्रहरी प्रमुख एसपी रवि पौडेलले जानकारी दिए ।
बोधिचित्त लुट्न आएका समूहसँगको झडपमा ५ जना घाइते
- प्रकाशित मिति: शुक्रबार, असार १२ २०७७
- तामाकोशी