ओखलढुंगा । ९ गते,
ओखलढुंगाको मानेभज्याङ गाउँपालिका–६ देउरालीमा ट्याक्टर दुर्घटनमा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा ज्या*न गएको छ । सोलु करिडोर ३३ केभिए प्रसारण लाइनको तार टाँगेर फर्कदै गरेको नम्बर नखुलेको ट्याक्टर मंगलबार बिहान दुर्घटना हुदाँ चालक भारत पश्चिम बंगालका अन्दाजी २७ वर्षीय सञ्जय बरमनको ज्या*न गएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका सञ्जयको उपचारका क्रममा मंगलबार दिउसो ओखलढुंगा सामुदायीक अस्पतालमा ज्या*न गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए । सिद्धिचरण राजमार्ग अन्तर्गत मानेभज्याङ गाउँपालिकाबाट थाक्लेतर्फ जार्दै गरेको ट्याक्टर अन्दाजी ३ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो । ट्याक्टरमा पछाडीको भाग ढाला नभएकाले चालकमात्र सवार थिए ।
ओखलढुंगामा ट्याक्टर दुर्घटना हुदाँ चालकको ज्यान गयो
- प्रकाशित मिति: मंगलबार, असार ९ २०७७
- तामाकोशी