रामेछाप । असार ९ गते,
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाले गाउँपालिकाको विकासका लागि सामुहि कृषि प्रणालीबाट अगाडि बढ्ने नीति लिएको छ । गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले आर्थिक वर्ष २०७७÷०७८ स्वास्थ्य कृषि र रोजगारी सृजना गर्ने गरी गाउँपालिकाले बजेट ल्याउने तयारी गरेको बताए । अध्यक्ष तामाङले कृषिमा सामुहि खेती प्रणालीबाट अगाडि बढाउने नीति लिएकाले गाउँपालिकाले प्रविधि र पुँजी दिएर बेरोजगार युवाहरुलाई रोजगार बनाउँने बताए । उनले खाँडादेवी गाउँपालिकाले आगामी आर्थिक बर्षमा करिब १५ सय जना युवाहरुलाई रोजगारी सृजना गर्ने गरी बजेट ल्याउने पनि बताए । गाउँपालिकाभित्र रहेका ९ वटा वडाभित्र स्वरोजगारको कार्यक्रम सञ्चालन गर्ने बताउँदै उनले कृषि क्षेत्रको आधुनिकरण गरेर मात्र गाउँपालिकालाई समृद्ध बनाउन सकिने विषयमा आफूहरु स्पष्ट रहेको बताए ।
सामुहि कृषि प्रणालीबाट अगाडि बढ्ने खाँडादेवी गाउँपालिकाको नीति ,१५ सय युवालाई रोजगारी
- प्रकाशित मिति: मंगलबार, असार ९ २०७७
- तामाकोशी