रामेछापमा १ सय २१ जना क्वारेन्टिनमा

  • प्रकाशित मिति: सोमबार, असार ८ २०७७
  • तामाकोशी

रामेछाप । असार ८ गते,
रामेछाप जिल्लाको विभिन्न पालिकाहरुमा बनेका क्वारेन्टिनमा अहिले १ सय २१ जना बसेका छन् । भारत लगाएतका विभिन्न ठाउँबाट आएका महिला ६ र पुरुष १ सय १५ जनालाई क्वारेन्टिनमा राखिएको हो । उमाकुण्ड गाउँपाकिलामा ८ , मन्थली नगरपालिकामा १८ , रामेछाप नगरपालिकामा २९ , गोकुलगंगा गाउँपालिकामा १९ , दोरम्बा गाउँपालिकामा ३ , खाँडादेवी गाउँपालिकामा १४ र लिखुतामाकोशी गाउँपालिकामा ३० जना गरी १ सय २१ जनालाई क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । कर्णका अनुसार कोरोन संक्रमण पुष्टि भएका १३ जनालाई कोरोना निको भएको रिपोर्ट आएपछि डिस्चार्ज गरिएको छ भने जिल्ला अस्पतालको आइसोलेशनमा ९ जना र लिखुतामाकोशीको आइसोलेशनमा ३ जना गरी ९ जनाको उपचार भैरहेको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई मध्येनजर गरी जिल्लामा ७५ शैयाको आइसोलेशन कक्ष र ४ सय २१ शैयाको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।