रामेछाप । असार १ गते,
मन्थलीको देवकोटा चोकदेखि जिल्ला प्रहरी कार्यालय हुँदै बसपार्क पुग्ने सडक खण्डको कालेपत्रे भत्कीएपछि टालटुल पारिएको एक हप्ता बित्न नपाउँदै फेरी उप्किन र भासिन सूरु भएको छ । कालोपत्रे सम्पन्न भएको ४ महिना बित्न नपाउदै कालोपत्रे उप्कीएको समाचार बिभिन्न सञ्चार माध्यममा आएपछि टालटुल पारिको सडक पनि भत्कन थालेपछि मन्थली बजारको एकतर्फी सवारी सञ्चालन शनिबारदेखि बन्द गरिएको छ । एक तर्फी आवागमन गरिएको देवकोटा चोक देखि जिल्ला प्रहरी कार्यालय हुँदै बसपार्क पुग्ने सडक खण्डमा रहेको कजवेमा पानी जमेर सवारी साधनहरु दैनिक रुपमा दुर्घटना हुन थालेपछि हाललाई एक तर्फी आवागमन बन्द गरिएको जिल्ला जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले बताए । उक्त सडक खण्ड अन्तर्गत जिल्ला आयुर्बेदिक कार्यालय अगाडि बाट निर्माण गरिएको नाला को पानीलाई त्यहि कजवेमा लगेर छाडिएको र उक्त क्षेत्रको बिपरित दिशाबाट पनि नालाको पानी लगेर त्यहि बिसर्जन गर्ने गरे पछि त्याहका स्थानीयले पानी आफ्नो निर्माणाधिन घर भित्र पसि घर नै भास्सीएको भन्दै पानी कजवेमै पानी थुनिदिएपछि दह जमेको छ ।
यस सम्बन्धमा मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले उक्त सडक खण्ड कालो पत्रे गर्ने बेलामा पनि पटक पटक समस्या आएको र धेरै चुनौति सामाना गरेर समाधान गरेको भएपनि अहिले झन जटिल समस्या आएको स्वीकार गरे । उनले उक्त समस्याको समाधानका लागि आफु लागि परेको पनि बताए । मन्थली नगरपालिका वडा नं १ का अध्यक्ष नारायण दाश श्रेष्ठले सडक कालोपत्रे गर्नका लागि गरिएिको डिजाइन गर्ने बेलामा आफूलाई जानकारीनै नदिएको र अहिले स्थानीयले उठाएका जायज मागहरुलाई पुरा गर्न कठिनाइ हुदा यो समस्या आएको बताए । उनले डिजाइन गर्ने बेलामै समन्वय भएको भए यो समस्या नआउने उनको दावी छ ।
कालोपत्रे सम्पन्न भएको चार महिना पनि नबित्दै यसरी भत्कीएको थियो सडक हेर्नुुहोस्
