वीरगन्जमा मृ*त भेटिएका युवकमा कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मिति: शनिबार, जेष्ठ ३१ २०७७
  • तामाकोशी

वीरगन्ज । जेठ ३१ गते,
वीरगञ्जको घण्टाघर क्षेत्रमा बुधबार मृ*त भेटिएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार सांझ मृ*तक युवकको पीसीआर रिपोर्ट पोजिटिभ आएको नारायणी अस्थायी अस्पताल गन्डकीका संयोजक डा.उदयनारायण सिंहले जानकारी दिए । अन्दाजी २५ वर्षीय मृतक युवकको शव अहिले नारायणी अस्पतालमै राखिएको शव व्यवस्थापनको तयारी भैरहेको डा सिंहले बताए । मृ*त युवकको ठेगाना खुल्न सकेको छैन । यता पर्सामा आज थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।