रामेछाप । जेठ २८ गते,
लकडाउनकै बीचमा सुरक्षा सावधानिका साथ रामेछापको सित्खा आँपचौर चुल्ठेपानी सडकको कालोपत्रे गर्ने काम सुरु भएको छ । बागमती प्रदेश सरकारले उपलब्ध गराएको रकम एक करोड रुपैयाँबाट सो सडकको कालोपत्रे गर्ने काम सुरु भएको खाँडादवी गाउँपालिका–३ का वडाअध्यक्ष पुष्करकुमार कार्कीले जानकारी दिए । सो सडकले खाँडादेवीका साथै दोरम्बा गाउँपालिका तथा सुनापतिको केही भाग र खाँडादेवी मन्दिर जान समेत सहज हुने कार्कीले बताए ।
यस वर्षबाट सुरु भएको सकड पिच गर्ने कामले आउने आर्थिक वर्ष पनि निरन्तरता पाउने उनको भनाई छ । सय वर्ष सानो बजेटबाट काम सुरु भएको भए पनि प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीलाई यस बारेमा जानकारी गराएको र बजेटलाई निरन्तरता दिन आश्वसान दिएको उनले जानकारी दिए । यसै बिच सो सडकको जिल्ला स्तरीय टोलीले अनुगमन समेत गरेको छ । जिल्ला समन्वय समिति प्रमुख प्रेमबहादुर खड्काको नेतृत्वमा गएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङ तथा प्राविधिक सहितको टोलिले सो कामको स्थलगत अनुगमन गरेको हो ।
यसरी हुदैछ सडक कालोपत्रेको काम
