काठमाडौँ, २४ जेठ । सप्तरीमा दुई वर्षीया बालिकासहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।बालिकाका बुवाआमामा पनि संक्रमण देखिएको छ । जिल्लाको बलान बहुल गाउँपालिका ५ रामनगरका १ बालिका, १ भहिला र ५ जना पुरषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । उनीहरुको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गरिएको थियो । नयाँ संक्रमितहरु २ देखि ४० वर्षसम्मका रहेका छन् । उनीहरु जगदम्बा जगरैता मावि सेहरा रौतहटको क्वारेन्टाइनमा बसेका बसेका थिए ।
क्वारेन्टाइनका १ सय ३३ जनाको स्वाब परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो । भारतीय सीमासँग जोडिएको जिल्लाको सबैभन्दा पश्चिम–दक्षिण रहेको बलान बिहुल गाउँपालिकामा योसमेत संक्रमितको संख्या ११ पुगेको छ । थपिएका संक्रमितहरु जेठको दोस्रो साता भारतबाट आएका हुन् । यससँगै सप्तरीमा कोरोना संक्रमितको संख्या ७७ जना पुगेको छ भने १ जना निको भएका छन् ।