सिन्धुपाल्चोकका एक पुरुषमा कोरोना संक्रमण

  • प्रकाशित मिति: बुधबार, जेष्ठ २१ २०७७
  • तामाकोशी

काठमाडौं । जेठ २१ गते,
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाको क्वारेन्टिनमा रहेका एक जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतबाट आएका इन्द्रावती १० का एक पुरुषमा कोरो संक्रमण पुष्टि भएको बताइएको छ । उनी भारतबाट यहि जेठ १२ गते आइतबार चौतारा आएका थिए ।
मेलम्चीस्थित क्षेत्रीय क्वारेन्टिनमा बसेका उक्त पुरुषको पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा पोजेटिभ आएको हो । उनको जेठ १७ गते आरडीटी परीक्षण गर्दा पोजेटिभ आएको थियो । सो पश्चात जेठ १८ गते स्वाब संकलन गरी पीसीआर विधिबाट कोरोना परीक्षणका लागि टेकु अस्पताल पठाइएको थियो ।
उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको अनौपचारीक जानकारी आएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले बताएको छ । यसअघि पनि जेठ १ गते सिन्धुपाल्चोकको बाह््बिसे नगरपालिकाकी एक सुत्केरीको कोरोना भाइरसका कारण ज्यान गएको थियो ।