तेस्रो मुलुकबाट रामेछाप आएकालाई होटलमा राख्ने तयारी

  • प्रकाशित मिति: मंगलबार, जेष्ठ २० २०७७
  • तामाकोशी

रामेछाप । जेठ २० गते,
तेस्रो मुलकबाट जिल्ला आउनेलाई रामेछापको सदरमुकाम मन्थलीका होटलामा राखिने भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापमा मंगलबार बसेको बैठकले सो निर्णय गरेको हो । जिल्ला संकट व्यवस्थापन केन्द्रको आयोजनामा सरोकारवालासँग भएको बैठकमा तेस्रो मुलुकबाट जिल्ला आउने मानिसलाई जिल्लाको प्रवेश नाका सेलघाटनमा होल्डिङ प्वइन्ट राखि सम्बन्धित पालिकाको सामुदायिक क्वारेन्टिनमा बस्न चाहनेलाई क्वारेन्टिन पठाउने र आफ्नै खर्चमा होटल बस्न चाहनेलाई मन्थलीका होटलमा राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । यसको लागि पाहुना राख्न चाहने होटलसँग सिट क्षमता र दररेट माग गरिएको प्रजिअ शर्माले बताइन् ।