रामेछापमा आारडीटी तत्काल बन्द गरी पीसीआर बिधिबाट कोरोना परीक्षण गर्न माग

  • प्रकाशित मिति: सोमबार, जेष्ठ १९ २०७७
  • तामाकोशी

रामेछाप । जेठ १९ गते,
रामेछापका नागरिक समाजले आारडीटी बिधिबाट गरिने कोरोना परीक्षणले गलत रिपोर्ट दिँदा समाजमा अनावश्यक अफवाह फैलाएको र मानिसमा तनाव समेत सिर्जना गरेको ठहर गर्दै यसलाई तत्काल बन्द गरी पीसीआर बिधिबाट कोरोना परीक्षणको व्यवस्था मिलाउन सरोकारवालाको ध्यानाकर्षण गराएको छ । मानवअधिकार संरक्षण सञ्जाल रामेछापले जेठ १९ गते सोमबार एक विज्ञप्ति जारी गरी यस्तो ध्यानाकर्षण गराएको हो । बाहिरबाट मानिसहरु भित्रने क्रम बढेपछि नागरिक समाजले आइसोलेसन र क्वेन्टिन कक्ष विस्तार गर्न पनि माग गरेको छ । जिल्लाका २५ भन्दा बढी मानवअधिकार तथा सामाजिक क्षेत्रमा काम गर्ने संस्था तथा व्यक्तिको साझा सञ्जालले सोमबार विज्ञप्ति जारी गरी सो माग गरेको हो । सञ्जालका तर्फबाट संयोजक पाण्डवप्रसईले जारी गरेको विज्ञप्तिमा रामेछाप जिल्लामा समेत संक्रमण र संक्रमित भित्रि सकेकोले आइसोलेसनलाई तयारी अवस्थामा राख्न अनुरोध गरिएको छ । सञ्जालले जिल्लाका सबै पालिकाको आइसोलेसनमा मापदण्ड अनुसार अक्सिजन सहितका आवश्यक उपकरण व्यवस्था गरी तयारी अवस्थामा राख्न स्थानीय प्रशासन, स्थानीय सरकार तथा स्वास्थ्य कार्यालयको ध्यानाकर्षण गराएको छ ।
बाहिरबाट जिल्ला भित्रने क्रम बढेको कारण जिल्लामा हाल रहेका ३ सय ३१ क्वारेन्टि अपुग देखिएकोले आवश्यकता अनुसार जिल्लाका सबै वडा र जिल्ला स्तरमा समेत तत्काल क्वारेन्टि विस्तार गर्न पनि सञ्जालले आग्रह गरेको छ । विज्ञप्तिामा सदरमुकाम मन्थली बजारमा निषेधाज्ञाको समयमा बिहान सञ्चालन गरिने अत्यावश्यक सामाग्री बिक्रि गर्ने पसलमा सामाजिक दुरी कायम नभएको प्रति सञ्जालले ध्यानाकर्षण भएको जनाएको छ । सामाजिक दुरी प्रहरी आएर गराउने नभई व्यवसायी र उपभोक्ताले अपनाउनुपर्ने सावधानी भएको उल्लेख गर्दै सामाजिक दुरी कायम गरी खरिद बिक्रिको व्यवस्था मिलाउन टोलसुधार समिति, व्यसायी र उपभोक्ताको सञ्जालले ध्यानाकर्षण गराएको छ । त्यस्तै स्थानीय प्रशासनले बारम्बार सूचना जारी गरी सचेत गराउँदा पनि केही व्यवायीले लुकाई छिपाई तराईबाट आँप, अंगुर, स्याउ, केरा लगायतका फलफूल तथा तरकारी ल्याएर बिक्रि गर्ने गरेको पाइएको जनाउँदै त्यस्ता व्यवसायीको कारण रामेछापमा संक्रमण फैलिएमा स्थानीयवासीले माफि नदिने कुरामा सञ्जालले चेतावनी दिएको छ । जिल्ला समदरमुका मन्थलीको प्राथमिक स्वास्थ्य केन्द्रमा तत्काल स्वाब संकलन बुथ राखि सदमुकाम मन्थलीबाटै स्वाब संकलनको सहज र सिघ्र व्यवस्था मिलाउन तथा स्वाव संकलतको लागि जिल्लाका सबै पालिकाहरुमा आवश्यक संरचना निर्माण गर्न पनि सञ्जालले आग्रह गरेको छ ।