रामेछाप । जेठ १८ गते,
रामेछापमा क्वारेन्टिमा बस्नेको संख्या घटेको छ । जिल्लाको विभिन्न पालिकाहरुमा १४ दिन क्वारेन्टिनमा बसेका र आरडिटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएकाहरुलाई फिर्ता गरिएसंगै क्वारेन्टिनमा बस्नेको संख्या घटेको हो । शनिबार १ सय ७० जना क्वारेन्टिनमा रहेकोमा आइतबार यो संख्या घटेर १ सय १६ भएको छ । जिल्लाको विभिन्न पालिकाहरुमा १४ दिन क्वारेन्टिनमा बसेका र आरडिटी नेगेटिभ आएका ५४ जनालाई घर पठाइएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
अहिले उमाकुण्ड गाउँपाकिलामा १५ , मन्थली नगरपालिकामा १८ , रामेछाप नगरपालिकामा २० , गोकुलगंगा गाउँपालिकामा १२, खाँडादेवी गाउँपालिकामा ४ , सुनापति गाउँपालिकामा २ , दोरम्बा गाउँपालिकामा ९ र लिखुतामाकोशी गाउँपालिकामा ३६ जना गरी १ सय ७० जनालाई क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले बताए । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई मध्येनजर गरी जिल्लामा ७१ शैयाको आइसोलेशन कक्ष र ३ सय ३१ शैयाको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।
रामेछापमा १ सय १६ जना क्वारेन्टिनमा
- प्रकाशित मिति: आइतबार, जेष्ठ १८ २०७७
- तामाकोशी