ओछ्यानमा सुतिरहेको बेला खुकुरी प्रहार

  • प्रकाशित मिति: आइतबार, जेष्ठ १८ २०७७
  • तामाकोशी

रामेछाप । जेठ १८ गते,
जिल्लाको सुनापती गाउँपालिका–५ खनियापानी कटुञ्जे निवासी १६ बर्षिय रजिता खड्कालाई गएराति सोही स्थानका २० वर्षिय कृष्ण कोइरालाले खुकुरी प्रहार गरी घाइते बनाएका छन् । कृष्णपुरी मावि रुपाकोटमा कक्षा १० मा अध्ययरत ती बालिकालाई राति एक बजेतिर ओछ्यानमा सुतिरहेको बेला आक्रमण भएको थियो । आक्रमणबाट बालिकाको घाँटीमा गहिरो चोट लागेको छ । घाइतेलाई रातिनै उपचारको लागि काठमाडौंको न्युरो अस्पताल पुर्याइएको छ । आक्रमण गरी भागेका आरोपीको खोजि जारी रहेको प्रहरीले जनाउको छ । आक्रमण किन भयो भन्ने खुलेको छैन ।