सिन्धुली । जेठ १६ गते,
जिल्ला कारागार सिन्धुलीमा कैद सजाय भोगीरहेका तीनजना कैदीको कैद सजाय मिनाहा भएको छ । १३ औँ गणतन्त्र दिवसका अवसरमा ती कैदीरुले भुक्तान गर्न बाकि कैद सजाय मिनाहा भएपछि बिहिबार उनीहरु घर फर्किएका छन् । गणतन्त्र दिवसका अवसरमा नेपाल सरकारले ती तीनजना कैदीहरुको पचाँस प्रतिशत कैद सजाय मिनाहा गरिदिएपछि उनीहरुलाई छाडिएको जिल्ला कारागारले जनाएको छ । कार्यालयका प्रमुख मात्रिका प्रसाद पहाडीका अनुसार रिहाई हुने कैदीहरुमा सुनकोशी गाउँपालिका वडा नं ५ का चेत बहादुर खड्का ,धनुषा जिल्ला धनुषाधाम नगरपालिकाका जुगे यादब र धनुषाकै राम रतन यादब रहेका छन् । खड्काले सवारी ज्यान मुद्दा अन्र्तगत र यादवद्धोयलाई कर्तव्य ज्यान मुद्दा अन्र्तगत कारागारमा कैद सजाय भोग्दै आएका थिए ।
गणतन्त्र दिवसमा सिन्धुलीमा तीन जनाको कैद सजाय मिनाहा
- प्रकाशित मिति: शुक्रबार, जेष्ठ १६ २०७७
- तामाकोशी