रामेछापमा क्वारेन्टिनमा बस्नेको संख्या १ सय १२ पुग्यो

  • प्रकाशित मिति: मंगलबार, जेष्ठ १३ २०७७
  • तामाकोशी

 

रामेछाप । जेठ १३ गते,
रामेछापमा क्वारेन्टिमा बस्नेको संख्या दैनिक रुपमा वृद्धि हुँदै गएको छ । जिल्लाको विभिन्न पालिकाहरुमा भारत लगाएतका ठाउँबाट मानिसहरु आउनेक्रम बढेसंगै क्वारेन्टिनमा बस्नेको संख्या पनि बढ्दै गएको हो । मंगलबार जिल्लाको विभिन्न पालिकाहरुमा क्वारेन्टिनमा बस्नेको संख्या एक सय १२ पुगेको छ । अहिले उमाकुण्ड गाउँपाकिलामा २२ , मन्थली नगरपालिकामा २२ , रामेछाप नगरपालिकामा ७ , गोकुलगंगा गाउँपालिकामा १६ , खाँडादेवी गाउँपालिकामा २० , सुनापति गाउँपालिकामा २ , दोरम्बा गाउँपालिकामा ३ र लिखुतामाकोशी गाउँपालिकामा २० जना गरी १ सय १२ जनालाई क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले बताए ।
कोरोना संक्रमणको सम्भावित जोखिमतालाई मध्येनजर गरी जिल्लामा ७१ शैयाको आइसोलेशन कक्ष र ३ सय ३१ शैयाको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ । अहिले मन्थली नगरपालिकामा २२, रामेछाप नगरपालिकामा १७ , दोरम्बा गाउँपालिकामा ७ ,सुनापति गाउँपालिकामा ६ , खाँडादेवी गाउँपालिकामा ११ , गोकुलगंगा गाउँपालिकामा ५ र लिखुतामाकोशी गाउँपालिकामा ३ शैया आइसोलेशन कक्ष स्थापना गरिएको कर्णले जानकारी दिए । त्यसैगरी मन्थली नगरपालिकामा ३६, रामेछाप नगरपालिकामा ७० ,दोरम्बा गाउँपालिकामा १६ , खाँडादेवी गाउँपालिकामा ४७ , गोकुलगंगा गाउँपालिकामा ३४ , उमाकुण्ड गाउँपालिकामा ५३ र लिखुतामाकोशी गाउँपालिकामा ४९ र सुनापति गाउँपालिकामा २६ शैया क्वारेन्टिन स्थापना गरिएको कर्णले जानकारी दिए ।