सर्वाेच्च अदालतको पहिलो महिला न्यायाधीस सिंहको निधन

  • प्रकाशित मिति: शनिबार, जेष्ठ १० २०७७
  • तामाकोशी

काठमाडौं । जेठ १० गते,
सर्वाेच्च अदालतको पहिलो महिला न्यायाधीस सुशीला सिंह ( शिलु ) को ८१ बर्षको उमेरमा निधन भएको छ । मेडिसिटी अस्पतालमा उपचारको क्रममा शुक्रबार उनको निधन भएको हो । उनी २०५८ सालदेखि २०६३ सालसम्म सर्वाेच्चको न्यायाधीश बनेकी थिइन् । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सुशीला सिंहलाई निर्भिक ,इमान्दार र निष्ठावान न्यायाधीसको रुपमा आफुले चिनेको बताए । उनका घर काठमाडौंको पकनाजोल हो । उनका श्रीमान इतिहासका जानकार मनिकलाल श्रेष्ठ कुन् । श्रेष्ठ पनि अस्वस्थ छन् । उनीहरुको एक छोरा जर्मनीको एक सरकारी अस्पतालमा डाक्टर छन् ।