स्थानीय र पश्चिमी वायुको प्रभावले वर्षाको सम्भावना

  • प्रकाशित मिति: शनिबार, जेष्ठ १० २०७७
  • तामाकोशी

काठमाडौं । जेठ १० गते,
स्थानीय वायु र पश्चिमी वायुको प्रभावले अधिकांस स्थानमा बदलीसंगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाखाले जनाएको छ । बङगलादेशको आसपासमा अवस्थित अंपुन चक्रवात कमजोर भई न्युन चापीय प्रणालीका रुपमा रहेकाले देशभर बदलीसंगै क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद मञ्जु बासीले जानकारी दिइन् । पश्चिमी पहाडी भुभाग लगाएत मध्ये तथा पुर्वी भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहेको छ । दिउँसो देशको पश्चिमी पहाडी भूभाग लगायत मध्ये तथा पूर्वी भूभागमा सामान्य बदली भै मध्ये तथा पूर्वी भूभागका केहि स्थान र पश्चिमी भूभागका एक दुई स्थानमा चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।