काठमाडौं । जेठ ७ गते,
काठमाडौंमा कार्यरत दुईजना प्रहरीलाई पनि कोरोना भाइरस पुष्टी भएको छ । नेपाल प्रहरी उच्च स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त,कालिमाटीमा कार्यरत एकजना सई र एकजना प्रहरी जवानलाई कोरोना पुष्टी भएको हो । स्रोतका अनुसार यसबारेमा स्वास्थ्य मन्त्रालयले मंगलबारनै प्रहरीलाई जानकारी गराइसकेको छ । उनीहरुको चारदिनअघि पीसीआर परिक्षण गरिएकोे थियो । मंगलबार संक्रमित दुवैजना प्रहरी ब्यारेकमै बसेका थिए ।
काठमाडौंमा दुई जना प्रहरीमा कोरोना पुष्टी
- प्रकाशित मिति: बुधबार, जेष्ठ ७ २०७७
- तामाकोशी